
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान, स्कटल्याण्ड र अमेरिकासँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।
अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलका लागि ३२ जना नेपाल ए टिमका लागि खेलाडी छनौट गरिएको हो ।
जसमा तृत राज दास, देव खनाल, शङ्कर राना, ईशान पाण्डे, अरनिको यादव, विवेक राना मगर, अनिल कुमार साह, अर्जुन घर्ती मगर, नारायण जोशी, रसिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद, प्रतिष जीसी, कुशल मल्ल, युवराज खत्री, विपिन खत्री, दिपेस कँडेल, शेर मल्ल, रुपेस सिंह, सुभ कंसकार, पवन सराफ, सागर ढकाल, दीपक प्रसाद डुम्रे, साहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अभिशेष गौतम रहेका छन् ।
त्यस्तै नेपाल ए को प्रमुख प्रशिक्षक राजु बस्न्यात र सहायक प्रशिक्षक: प्रकाश शर्मा रहेका छन् ।