
पोखरा स्पोर्ट्स । जारी पीएम कप अन्तर्गत आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
त्रिभुवन आर्मी क्लबले मधेश प्रदेसलाई ६ विकेटले पराजित गरेको छ । मधेसले दिएको १८५ रनको लक्ष्य पछाएको आर्मीले २९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि मधेशले पहिला ब्याटिंग गर्दै ४८.३ ओभरमा अल आउट हुदै १८४ रन बनाएको थियो ।
यो जितपछि त्रिभुवन आर्मी ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मधेश प्रदेशको ५ खेलमा ७ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।
त्यसैगरी आज सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।
गण्डकीले दिएको १९१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ३९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको गण्डकीले ४९ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो ।
यो जितपछि सुदूरपश्चिम प्रदेशको ५ खेलमा ८ अंक भएको छ र दोस्रो स्थानमा छ । त्यस्तै गण्डकी प्रदेशको भने ५ खेलमा ३ अंक रहेको छ र नवौं स्थानमा पुगेको छ ।
