साफ यू- २० च्याम्सिपयनसिपको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दै

पोखरा स्पोर्ट्स । माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलका खेल आज हुदैछन् । सेमिफाइनलमा नेपालसहित भुटान, बंगलादेश र भारत पुगेका छन् ।

समुह ए बाट ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै समुह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटानले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक हासिल गरेर उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट श्रीलंका र माल्दिभ्स बाहिरिएका छन् ।

त्यसैगरी समुह बी बाट  २ खेलमा एक जित र एक बराबरीसहित ४ अंक हासिल गर्दै भारत विजेता भएर सेमिफाइनलमा पुगेको छ भने २ खेलमा एक जित र एक बराबरी खेलेको बंगलादेश ४ अंकसहित गोल अन्तरको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै पाकिस्तानले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

अब आज सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने छन् । पहिलो सेमिफाइनल खेल नेपाल र बंगलादेशबीच दिउसो ३: ३५ बजेदेखि शुरु हुने छ भने दोस्रो सेमिफाइनल खेल भारत र भुटानबीच साढे ८ बजेदेखि शुरु हुने छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close