पीएम कपमा एपीएफमाथि गण्डकी प्रदेशको शानदार जित

पोखरा स्पोर्ट्स ।  जारी पीएम कपमा गण्डकी प्रदेशले विभागीय टिम एपीएफलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गण्डकीले एपीएफलाई ४३ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित यो खेल २१-२१ ओभरको खेलाइएको थियो । गण्डकीले दिएको १५१ रनको लक्ष्य पछाएको एपीएफ १८.३ ओभरमा अल आउट हुदै १०७ रन मात्र बनाएको थियो ।

एपीएफका लागि सुमित महर्जनले २२ रन बनाए भने कमल सिंह ऐरीले १७ रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर अपराजित पौडेल, सिव्रिन श्रेष्ठले ३-३ विकेट लिए भने सुबास भण्डारीले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो । गण्डकीका लागि गौरव विकले ३७, दिपक डुम्रेले ३४ र अर्जुन कुमालले २५ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close