गण्डकी प्रदेश ह्याण्डबल संघ उपाध्यक्ष शान्ती थापा बैद्यलाई मातृ शोक

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष एवं १३ औं साग रजत पदक बिजेता नेपाली महिला ह्याण्डबल टोलीकी व्यवस्थापक शान्ती थापा बैद्यलाई मातृशोक परेको छ ।

थापाकी आमा चित्र कुमारी थापाको ८४ वर्षको उमेरमा उपचारको क्रममा शनिबार निधन भएको हो । उहाँ लामो समय देखि विरामी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पोखरा १६ लामाचौर निवासी स्वर्गिय थापाको एक छोरी र तीन छोरा छन् । उहाँको धार्मिक परम्परा अनुसार भोली (सोमबार) अन्तिम संस्कार गर्ने तयारी रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close