मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलमाथि फ्रान्सको जित

पोखरा स्पोर्ट्स ।  फ्रान्सले ब्राजिललाई मैत्रीपूर्ण फुटबल खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले २-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा किलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । त्यस्तै ब्राजिलका लागि ग्लेईसन ब्रेमरले एक गोल फर्काएका थिए ।

ब्राजिल र फ्रान्सबीच अहिलेसम्म भएको १५ खेलमा फ्रान्सको यो छैटौं जित हो । फ्रान्सले २००६ पछि पहिलो पटक ब्राजिललाई पराजित गरेको छ । त्यस्तै ब्राजिलले फ्रान्सलाई अहिलेसम्म ६ पटक पराजित गरेको छ भने दुवैबीचका तीन खेल बराबरीमा सकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close