साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको लगातार दोस्रो जितपछि सेमिफाइनलमा

पोखरा स्पोर्ट्स । नेपाल जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलमा पुगेको छ ।

नेपालले बुधबार सम्पन्न आफ्नो दोस्रो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो ।

नेपालको जितमा खेलको २४औं मिनेटमा सुबास बमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालले यसअघि भुटानलाई २-१ गोल अन्तरले जितेको थियो ।

यो जितपछि नेपालको समुह ए मा २ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अब नेपालले अर्को खेल शुक्रबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close