पीएम कपमा मधेश प्रदेशको विजयी शुरुवात

पोखरा स्पोर्ट्स ।  जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । बुधबार पर्सामा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ३३.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

मधेश प्रदेसको जितमा अरनिको यादवले सर्बाधिक ४६ रन बनाए भने आदील आलमले ३४ तथा पवन सराफले २१ र रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अशोक धामीले ३ र शेर मल्लले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले अभिषेक पलको ३३ तथा किरण ठगुन्ना र नारायण जोशीको २३-२३ रनको सहयोगमा ४३.२ ओभरमा अल आउट हुदै १६० रनमा समेटिएको थियो । मधेश प्रदेशका लागि अरनिको यादवले ३ विकेट लिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।

अब मधेश प्रदेसले अर्को खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्ने छ भने सुदूरपश्चिमले शुक्रबार नै कोशी प्रदेशसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close