जिल्ला खेलकुद कास्की र बुल्समेन क्लबद्वारा घलेलाई स्वागत

पोखरा स्पोर्ट्स । जिल्ला खेलकुद विकास समिति कास्की र बुल्समेन क्लब पोखराले संयुक्त रूपमा एक विशेष कार्यक्रमका बीच खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष मोहन घलेलाई स्वागत गरेको छ ।

कर्मथलो जापानबाट हालै जन्मथलो पोखरा आएका घलेलाई पोखरा रंगशालामा स्वागत गरिएको हो । सञ्चार, खेलकुद र सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका घलेको योगदानको कदर गर्दै जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, बुल्समेन क्लबका संरक्षक सुनिल गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङलगायतले स्वागत गरेका थिए ।

सो अवसरमा बुल्समेन क्लबका अध्यक्ष नुना गुरूङले क्लबले शारीरिक सुगठन खेलको विकासमा गरिरहेको कार्यको जानकारी दिंदै अब चाँडै नै पोखरामा प्रतियोगिताको तयारी सुरू गरिने बताए ।

पूर्व अध्यक्ष घलेले आफू प्रति देखाइएको आदर र प्रेमका लागि हार्दिक आभार व्यक्त गर्दै पोखराको खेलकुद क्षेत्रलाई अघि बढाउन सधैं सक्रिय सहयोग गर्ने दृढ प्रतिबद्धता जनाए । उनले खेलकुदले समाजलाई उर्जा, अनुशासन र सकारात्मक दिशामा अघि बढाउने उल्लेख गर्दै आगामी दिनमा सहयोग गर्ने बताए ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था, मञ्चका पूर्व अध्यक्ष एकराज गिरी, खेलपत्रकारहरु लगायत अन्य खेलकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close