नेपाल र हङकङबीचको खेल स्थगित, राखेपले रंगशाला नदिएको एन्फाको आरोप

पोखरा स्पोर्ट्स ।  नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषदले खेलका लागि दशरथ रंगशाला उपलब्ध नगराएका कारण खेल स्थगित गरेको जनाएको छ ।

एन्फाले भनेको छ- ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । 

मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौ ।’

यो खेल चैत्र १२ गते हुने तालिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close