लिभरपुलमाथि ब्राइटनको शानदार जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले लिभरपुललाई स्तब्ध बनाएको छ । 

शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा ब्राइटनले २-१ गोल अन्तरको जित निकाल्दै लिभरपुललाई स्तब्ध पारेको हो ।

ब्राइटनको जितमा डानी वेलब्याकले दुवै गोल गरेका थिए । उनले खेलको १४औं र ५६औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलले मिलोस केर्केजको गोलमा खेलको ३०औं मिनेटमा खेल बराबरी गर्दै कमब्याक गरेपनि वेलब्याकले दोस्रो हाफमा गोल गर्दै ब्राइटनलाई जिताएका थिए ।

यो जितपछि ब्राइटनको ३१ खेलमा ४३ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने यो हारपछि ३१ खेलमा ४९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close