टेनिसकी अभिलाषा विष्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुँदै 

पोखरा स्पोर्ट्स । नेपालकी नम्बर १ महिला टेनिस खेलाडी अभिलाषा विष्ट आगामी केही हप्तादेखि भारत र दक्षिण अफ्रिकामा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय टेनिस टुरमा व्यस्त हुने भएकी छन् ।

नेपाल टेनिस संघका सचिव अजय विष्टका अनुसार, अभिलाषा नौ साता सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पूर्ण रूपमा व्यस्त हुने भएकी हुन्। उनले भारतमा अर्को साता नागपुर, भारतमा आयोजना हुने एमएसएलटीए–एनडीएचटीए आईटीएफ महिला $15K प्रतियोगितामा मेन ड्रमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछिन् ।

सो प्रतियोगितामा भारतसहित क्यानाडा, डेनमार्क, स्पेन, जर्मनी, नेदरल्याण्ड, मलेसिया, उज्बेकिस्तान, रुस लगायतका देशका खेलाडीहरु सहभागी हुने छन् ।

त्यसपछि अभिलाषा मुम्बई, भारत मा हुने $50K टुर्नामेन्टमा खेल्नेछिन् । त्यसपछि दक्षिण अफ्रिकामा बुरुण्डीमा दुई साता लगातार $50K टुर्नामेन्टमा, प्रेटोरियामा $15K र मोम्बेलामा $15K प्रतियोगितामा सहभागी हुनेछिन् ।

अभिलाषा विष्ट नेपालको टेनिस क्षेत्रको प्रमुख प्रतिनिधित्व गर्दै, विश्व टेनिसमा आफ्नो पहिचान बनाउन सक्रिय छिन् । उनको यो निरन्तर अन्तर्राष्ट्रिय सहभागिता नेपालको टेनिस खेलको स्तर उकास्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close