
पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग स्थगित गरेको छ ।
एन्फाले बिहीबार सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ ।
एन्फाले अहिले दोहोरो विवादमा परेका कारण खेल स्थगित गरेको बुझिएको छ । लिगमा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटक भिसामा रहेको उजुरी अध्यागमनमा परेपछि विभागले अनुसन्धान शुरु गरेको छ र पर्यटक भिसामा रहेका खेलाडीलाई लिग नखेलाउन निर्देशन दिएको छ ।
अर्को तर्फ एन्फा र ए डिभिजन लिग क्लबबीच विवाद बढेपछि उनीहरु अन्दोलित भएका छन् र एन्फाको कार्यालय अगाडी धर्ना दिदै आएका छन् ।
