
पोखरा स्पोर्ट्स । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।
यस अघि राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरेका थिए भने म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।
त्यसैगरी यस खेलमा खेलको २०औं मिनेटमा नै ब्रेनार्डो सिल्भाले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।
अब क्वाटरफाइनलमा रियल म्याड्रिड एटलान्टा र बायर्नम्युनिखवीचको विजेतासँग खेल्ने छ ।
त्यस्तै पोचुगीच क्लब स्पोर्टिंग पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती बोडोलाई ५-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित स्पोर्टिंग क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा स्पोर्टिंग आर्सनलसँग खेल्ने भएको छ ।
