आर्सनल र पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पोखरा स्पोर्ट्स । आर्सनल र पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न राउण्ड १६ को खेलका दोस्रो लिगमा आर्सनलले जर्मनी क्लब बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । आर्सनलले पहिलो लिगमा १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलको जितमा एबेरेची इजी र डेक्लान राइसले एक एक गोल गरेका थिए । अब आर्सनल क्वाटरफाइनलमा पोर्चुगीच क्लब स्पोर्टिंगसँग खेल्ने भएको छ ।

त्यसैगरी गएराती नै सम्पन्न खेलमा फ्रेन्च क्लब पिएसजीले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ८-२ नतिजासहित क्वाटरफाइनलमा पुगेको छ । पिएसजीले पहिलो लिगमा चेल्सीलाई ५-२ ले पराजित गरेको थियो ।

खेलमा पीएसजीको जितमा ख्भीचा क्भारस्खेलिया, ब्राडली बर्कोला र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । पिएसजीले अब क्वाटरफाइनलमा लिभरपुल र गालाटासारेबीचको विजेतासँग खेल्ने छ ।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close