एएफसीले मलेसियालाई कारवाही गर्दै नेपाललाई बनायो विजेता

पोखरा स्पोर्ट्स ।  एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियालाई कारवाही गर्दै नेपाल र भियतनामविरुद्धको जित उल्टाइदिएको छ ।

मलेसियाले एसिया कप छनोट अन्तर्गतका खेलमा नेपाल र भियतनामविरुद्ध सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा खेलाएको पुष्टि भएपछि एएफसीको अनुशासन र इथिक्स कमिटीले कारवाही गर्दै नेपाल र भियतनामलाई ३- ०  गोलको प्राविधिक जित दिलाएको ।

साथै कमिटीले मलेसियाको फुटबल फेडेरेसनलाई ५० हजार डलर जरीवाना समेत गरेको छ । 

यो निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ । गत वर्ष सम्पन्न छनोट खेलमा नेपाल मलेसियासँग २–० गोल अन्तरले पराजित भएको थियो । एएफसीको यो निर्णयपछि नेपालले महत्वपूर्ण ३ अंक पाएको छ । यद्यपी नेपाल दोस्रो चरणमा छनौट हुने सम्भावना भने रहेको छैन । नेपाल रहेको समुह ‘एफ’ बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै अर्को चरणका लागि छनोट भइसकेको छ।

नेपालले यस समुहमा अन्तिम खेल आगामी चैत १७ गते लाओससँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close