
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो, माथेउस चुन्हा र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै एस्टन भिल्लाका लागि रोज बार्कलीले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर युनाइटेड लिगमा तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको ३० खेलमा ५४ अंक भएको छ । त्यस्तै एस्टन भिल्लाको ३० खेलमा ५१ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
