रोनाल्डो बिना अल नासरको शानदार जित

पोखरा स्पोर्ट्स ।  साउदी प्रो लिग अन्तर्गत अल नासरले अल खालीजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल खालीजलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने अब्दुल्लाह अल हामदान, आयम्यान याहया र एंगेलो गाब्रियलले एक एक गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डो भने इन्जुरीका कारण खेलेका थिएनन् ।  

यो जितपछि अल नासरको २६ खेलमा ६७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालको २६ खेलमा ६४ अंक रहेको छ ।

त्यस्तै अल खालीजको भने २६ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close