
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ । गएराती घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा भिक्टरग्योकेरेज र म्याक्स डोवम्यानले एक एक गोल गरेका थिए ।
यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको ३१ खेलमा ७० अंक भएको छ । लिगमा एक खेल कम खेलेको म्यानचेस्टर सिटी भन्दा आर्सनल ९ अंकले अगाडी भएको छ ।
त्यसैगरी एभर्टनको ३० खेलमा ४३ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ ।
