एल्चेमाथि रियल म्याड्रिडको शानदार जित

पोखरा स्पोर्ट्स ।   स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल्चेमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो  ।

रियल म्याड्रिडको जितमा एन्टोनियो रुडीगेर, फेडेरिको भलभर्डे, डीन हुजीसेन र अर्दा गुलेरले एक एक गोल गरेका थिए  । त्यस्तै एल्चेका लागि एक गोल रियल म्याड्रिडका म्यान्युएल एंगलले आत्मघाती गोल गरेका थिए  ।

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ  । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६७ अंक रहेको छ  ।

त्यसैगरी एल्चेको भने २८ खेलमा २६ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close