च्याम्पियन्स लिग: रियल म्याड्रिड र पीएसजी विजयी, आर्सनल बराबरीमा रोकियो

पोखरा स्पोर्ट्स ।  युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का पहिलो लिगका खेल सम्पन्न भएका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड, पीएसजी र बोडो विजयी भएका छन् आर्सनल बराबरीमा रोकिएको छ ।

राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्ड़ेले ह्याट्रिक गरेका थिए । उनले खेलको २०औं, २७औं र ४२औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै पीएसजीले चेल्सीलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । पीएसजीको जितमा ख्विचा क्वारत्स्खेलियाले दुई गोल गरेका थिए भने भिटिन्हा, ओसमान डेम्बेले र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि मालो गुस्टो र इन्जो फर्नानडेजले एक एक गोल गरेका थिए ।

त्यसै गरी नर्वेको क्लब बोडोले पोर्चुगीच क्लब स्पोर्टिंगलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।  त्यस्तै आर्सनल भने जर्मनी क्लब बायर लिभरकुसेनसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

अब राउण्ड १६ को दोस्रो लिगक खेल मार्च १७ मा खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close