
पोखरा स्पोर्ट्स ।
भारतले टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा भारतले न्यूजील्याण्डलाई ९६ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
भारतले दिएको २५६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १९ ओभरमा अल आउट हुदै १५९ रन बनाएको थियो ।
न्यूजील्याण्डका लागि टिम सेफर्टले सर्बाधिक ५२ रन बनाएका थिए भने कप्तान मिचेल सान्टनरले ४३ र डार्यल मिचेलले १७ रन बनाएका थिए । त्यसैगरी भारतका बलर जसप्रित बुमराहले ४ विकेट लिए भने अक्सर पटेलले ३ विकेट लिएका थिए । त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तिले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले सर्बाधिक ८९ रन बनाएका थिए भने इशान किसनले ५४ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ५२ र शिभम दुबेले अविजित २६ रन बनाए भने हार्दिक पाण्डेयले १८ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर जेम्स निशामले ३ विकेट लिए भने माट हेनरी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।
योसँगै भारतले तेस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको छ । भारतले यसअघि २००७ र २०२४ मा विश्वकपको उपाधि जितेको छ । त्यस्तै न्यूजील्याण्ड भने दोस्रो पटक टी-२० विश्वकपको उपविजेता बनेको छ । यसअघि २०२१ मा न्यूजील्याण्ड फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
