रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध

पोखरा स्पोर्ट्स । रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध भएको छ । गएराती सम्पन्न ला लिगा अन्तर्गतको घरेलु मैदानमै सम्पन्न खेलमा गेटाफेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

गेटाफेको जितमा खेलको ३९औं मिनेटमा मार्टिन साट्रीयानोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका फ्रान्को मस्टानटुओनो र गेटाफेका आड्रीयान लिसोले रातो कार्ड पाएका थिए ।

यो हारपछि रियल म्याड्रिडको २६ खेलमा ६० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको यो जितपछि २६ खेलमा ३२ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close