तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर युनाइटेड

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडले १-० ले पछि पछि परेको अवस्थामा पुनरागमन गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि म्याक्सेन्स लाक्रोक्सले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ५६औं मिनेटमा लाक्रोक्सले रातो कार्ड पाएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको २८ खेलमा ५१  अंक रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको २८ खेलमा ३५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close