
पोखरा स्पोर्ट्स । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जारी जय ट्रफीको फाइनलमा पुगेका छन् ।
आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका छन् ।
अब फाइनल खेल भने आगामी अप्रिलमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि मार्च १ देखि ३ सम्म हुने तालिका सार्बजनिक गरेको भएपनि निर्वाचनका कारण अब अप्रिल ५ देखि ७ सम्म किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको हो ।
क्यानले भनेको छ- ‘नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदान र टीयु क्रिकेट स्टेडियममा सञ्चालन भइरहेको ‘जय ट्रफी, २०२६’ को फाइनल खेल नेपालमा हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनको कारणले आगामी अप्रिल ५ – ७, २०२६ मा सञ्चालन हुने ब्यहोरा अनुरोध गर्दछौ ।’
जय ट्रफीको अघिल्लो सिजन नेपाल पुलिस क्लबले जितेको थियो
