
पोखरा स्पोर्ट्स । भारतले जिम्बाबेलाई पराजित गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको हो ।
भारतले दिएको २५७ रनको लक्ष्य पछाएको जिमब्बेले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
जिम्बाबेका लागि ब्रियन मेयर्सले सर्बाधिक अविजित ९७ रन बनाए भने कप्तान सिकन्दर राजाले ३१ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने वरुण चक्रवर्ती, अक्सर पटेल र शिभम दुवेले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २५६ रन बनाएका थियो । भारतका लागि अभिषेक शर्माले सर्बाधिक ५५, हार्दिक पाण्डेयले अविजित ५०, तिलक बर्माले अविजित ४४, इशान किशनले ३८, कप्तान सुर्यकुमार यादवले ३३ र संजु सामसनले २४ रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले एक एक विकेट लिएका थिए ।
यो जितपछि भारत सेमिफाइनलको दौडमा फर्किएको छ । दक्षिण अफ्रिकासँग पहिलो खेलमा हार बेहोरेको भारतको २ खेलमा २ अंक भएको छ र हाल समुह १ मा तेस्रो स्थानमा रहेको छ । अब भारतले आफ्नो सुपर आठको अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्ने छ ।
त्यस्तै जिम्बाबे भने लगातार दोस्रो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ र सुपर आठको अन्तिम खेल अब दक्षिण अफ्रीकासँग खेल्ने छ । यो खेलको नतिजापछि दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।
