स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

पोखरा स्पोर्टस । स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकपको समुह सी अन्तर्गतको यस खेलमा टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको हो ।

स्कटल्याण्डका लागि माइकल जोन्सले सर्बाधिक ७१ रन बनाए भने जर्ज मुन्सीले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए ।

सोमपालले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै नन्दन यादवले २ विकेट लिएका छन् भने कप्तान रोहित शर्मा र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close