
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं व्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन किशोरबहादुर सिंहको बिहिबार निधन भएको छ ।
उनको नर्भिक अस्पतालमा उपचारको क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो । २०५९ देखि २०६३ सम्म राखेपको नेतृत्व गरेका सिंह नेपाल ओलम्पिक कमिटिमा समेत रहेका थिए ।
यसै विच राखेपले एक शोक वित्रप्ती जारी गर्दै सिंहको निधनमा दुःख व्यक्त गरेको छ । सिंहको निधनको खबरले सिंगो खेल जगतका साथै राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुखी तुल्याएको बताउँदै विज्ञप्तीमा नेपाली खेलकुदको विकास र विस्तारमा स्व.सिंहको योगदान प्रशंसनीय रहेको जनाएको छ ।
ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन रहेका स्व.सिंह नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा रहेका थिए । उनको एक छोरी र श्रीमती छन् । उनको अन्त्येष्टि शुक्रबार पशुपति आर्याघाटमा गरिने भएको राखेपले जनाएको छ ।
