आहा!रारा दिउसोबाट संचालन हुने, फ्लड लाइटको सपना भयो अधुरो

पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराद्वारा आयोजनामा पोखरा रंगशालामा जारी २५औँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताका खेलहरू फ्लडलाइट जडान कार्य असफल हुँदा  साँझको सट्टा दिउँसो सञ्चालन गरिने भएको छ ।

क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता फ्लडलाइटमा सञ्चालन गर्ने तयारी गरिए पनि आवश्यक प्राविधिक व्यवस्था समयमै पूरा हुन नसकेपछि खेल साँझ सञ्चालन गर्न असमर्थ भएको जनाएको छ।

“खेलकुदको विकासमा सहकार्य गर्दै पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गर्ने” उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा फ्लडलाइट जडानको प्रयास गरिए पनि पूर्णरूपमा सञ्चालनयोग्य नबनेकाले अबका खेलहरू २०८२ फागुन १ गतेदेखि दिउँसो ३ बजेदेखि सञ्चालन हुने जानकारी दिइएको छ ।

सहारा क्लबले यस व्यवस्थापन असुविधाका कारण खेलप्रेमीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

यस वर्षको आहा रारा गोल्ड कपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबहरूको सहभागिता रहेको छ । आज बिहीवार तेस्रो दिनको  प्रीक्वाटर खेल सकिएको छ । सो अस्थायी फ्लड लाइट जडान गर्न सहाराले २० लाख खर्चिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close