टी-२० विश्वकपमा पाकिस्तानको विजयी शुरुवात

पोखरा स्पोर्ट्स ।  पाकिस्तानले आइसीसी टी-२० विश्वकप २०२६ मा विजयी शुरुवात गरेको छ ।

विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्डसलाई ३ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

पाकिस्तानको जितमा शाहीबजादा फरहानले सर्बाधिक ४७ रन बनाए भने फाहीम अशरफले २९ र सैम आयुबले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि कप्तान स्कट एडवार्ड्सले सर्बाधिक ३७ रन बनाए भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिन एकरम्यानले २० रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका बलर सलमान मिर्जाले ३ विकेट लिए भने मोहमद नवाज, अब्रार अहमद र सैम आयुबले २-२ विकेट लिए तथा शाहीन शाह अफ्रिदीले एक विकेट लिएका थिए ।

अब पाकिस्तानले अर्को खेल अमेरिकासँग फेब्रुअरी १० मा खेल्ने तालिका रहेको छ भने नेदरल्याण्डसले अर्को खेल फेब्रुअरी १० मा नामिबियासँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close