यु१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरियो नेपाल

पोखरा स्पोर्ट्स  । नेपाल पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

योसँगै बंगलादेशले फाइनलमा भारतको सामना गर्ने भएको छ । बंगलादेश प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको छ भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको छ ।

यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै नेपाल र भुटान भने बाहिरिएका छन् । भुटानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो भने नेपालले ३ मध्ये एक जित र २ हार बेहोरेको थियो ।

अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close