विश्वकप वार्मअप: युएईमाथि नेपाल ७ विकेटले विजयी, आरिफ र दिपेन्द्रको अर्धशतक

पोखरा स्पोर्ट्स ।  आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेलमा नेपालले युएईलाई पराजित गरेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १६, आसिफ सेख र कुशल भुर्तेलले ८-८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो ।  युएईका लागि सोहैब खानले सर्बाधिक ३६ रन बनाएका थिए भने हर्षित कौशिकले ३५ रन बनाएका थिए । त्यस्तै आर्यांश शर्माले २५ रन बनाएका थिए भने मुहमद जोहैबले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

यसपछि नेपालले अर्को वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close