जोकोभिचलाई हराउँदै अल्काराजले जिते अस्ट्रेलियन ओपनको उपाधि

पोखरा स्पोर्ट्स ।  स्पेनका कार्लोस अल्काराजले सर्बियाका नोभाक जोकोभिचलाई हराउँदै अस्ट्रेलियन ओपनको पुरुष सिंगलको उपाधि जितेका छन् ।

फाइनलमा २२ वर्षीय अल्काराजले ३९ वर्षीय जोकोभिचलाई २-६, ६-२, ६-३, ७-५ ले पराजित गरेका थिए ।

यो जितसँगै अल्काराज करियर ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका छन् । उनले २२ वर्षको उमेरमा सबै चार ग्रान्ड स्लाम जितेर कीर्तिमान बनाएका छन् । यो विश्व नम्बर १ खेलाडी अल्काराजको सातौं ग्रान्ड स्लाम उपाधि हो ।

यो जितसँगै उनले नोभाक जोकोभिचलाई इतिहास रच्नबाट रोकेका छन् । जोकोभिच आफ्नो २५औं ग्रान्ड स्लाम जित्नबाट चुकेका छन् ।

उनको रेकर्ड २४ ग्रान्ड स्लाम उपाधि रहेको छ । उनीपछि स्पेनका राफेल नाडाल छन् । नाडालले कुल २२ ग्रान्ड स्लाम उपाधि जितेका छन् भने स्विट्जरल्याण्डका रोजर फेडेररले २० उपाधि जितेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close