यू-१९ महिला साफ च्याम्पियनसिप: नेपाल भारतसँग १-० ले पराजित

पोखरा स्पोर्ट्स ।  नेपालले आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत खराब शुरुवात गरेको छ । 

पहिलो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा पर्ल फर्नानडेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

यस अघि आजै सम्पन्न खेलमा बंगलादेशले भुटानलाई १२-० गोल अन्तरले पराजित गरेको थियो ।  

नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिएको यस प्रतियोगितामा अब अर्को खेल फेब्रुअरी २ मा भारत र बंगलादेश तथा नेपाल र भुटानबीच हुने तालिका रहेको छ ।  
तस्बिरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close