राष्ट्रिय लिग : प्लानिङ ब्वाइज युनाइटेड विजयी, आर्मी र लालिगुराँस बराबरीमा

पोखरा स्पोर्ट्स ।  जारी राष्ट्रिय लिग अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले सातदोबटो युथ क्लबमाथि ४-२ गोल अन्तरको जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा २-१ ले पछि परेको प्लानिङले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।    

प्लानिङ ब्वाइज युनाइटेडको जितमा फागुराम थारुले दुई गोल गरे भने रोमन भुजेल र एलेक्स विलियम एक एक गोल गरेका थिए । त्यस्तै सातदोबटोका सोभिरोभ र फोडे फोफनाले एक एक गोल गरेका थिए । 

जितसँगै प्लानिङ चार खेलबाट सात अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने चार खेलबाट चार अंकसहित सातदोबटो १२औं स्थानमा रहेको छ ।

यसअघि आजै सम्पन्न अर्को खेलमा लालिगुराँस एफसी र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खेलपछि आर्मी चार खेलमा आठ अंकसहित पाँचौ स्थानमा छ भने पोखराको लालिगुराँस दश अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close