राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दीको पहिलो जित

पोखरा स्पोर्ट्स ।  जारी राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङले काक्रेविहार क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो । यसअघि लगातार तीन खेलमा हार बेहोरेको मनाङले चौथो खेलमा जित निकालेको हो ।

मनाङको जितमा विदेशी खेलाडी गिडियन नाहले २ गोल गरेका थिए भने सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक एक गोल गरेका थिए । त्यस्तै काक्रेविहारका लागि सन्दीप देउवाले एक गोल फर्काएका थिए । 

मनाङ यसअघि त्रिभुवन आर्मी क्लबसँग ५-०, मच्छिन्द्र क्लबसँग २-१ र सातदोबाटो युथ क्लबसँग १-० ले पराजित भएको थियो ।

जारी लिगमा पहिलो जितपछि मनाङ १५औं स्थानमा छ भने काक्रेविहार लगातार चार खेलमा हार बेहोरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close