क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एस्टेभाव, जोआओ पेड्रो र इन्जो फेर्नांडेजले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसले क्रिस रिचार्ड्सले एक गोल गरेका थिए ।

त्यस्तै खेलको ७३ मिनेटमा एडम वार्टनले रातो कार्ड पाएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि चेल्सीको २३ खेलमा ३७ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी क्रिस्टल प्यालेसको २३ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close