आर्सनलमाथि म्यानचेस्टर युनाईटेडको शानदार जित

पोखरा स्पोर्ट्स ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेडको जितमा ब्रायन एमबेउमो, प्याट्रिक डोर्गु र माथेउस चुन्हाले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि मिकेल मेरिनोले एक गोल गरेका थिए भने एक गोल लिसेन्द्रो मार्टिनेजले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाईटेड २३ खेलमा ३८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने २३ खेलमा ५० अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close