न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लगातार तेस्रो जित

पोखरा स्पोर्ट्स ।  भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि अभिषेक शर्माले २० बलमा ६८ रन बनाएका थिए भने कप्तान सूर्यकुमार यादवले अविजित ५७ रन बनाएका थिए । त्यस्तै इशान किशनले १३ बलमा २८ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४८ रन बनाए भने मार्क चाम्पम्यानले ३२ र कप्तान मिचेल सान्टनरले २७ रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराहले ३ विकेट लिए भने हार्दिक पाण्डेय र रवि विश्नोईले २-२ विकेट लिएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरीजमा ३-० ले अग्रता हासिल गरेको छ र सिरिज जितेको छ । अब सिरिजको चौथो खेल जनवरी २८ मा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close