
पोखरा स्पोर्ट्स । छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रण पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत तेस्रो दिनको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पुलिस क्लबले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै अग्रता बनायो ।
तेस्रो सेटमा भने नेपाल आर्मी क्लबले २५–२१ ले जित निकाल्दै पुनरागमनको प्रयास गर्यो । तर चौथो सेटमा नेपाल पुलिस क्लबले सशक्त प्रदर्शन गर्दै २५–१५ ले जित हात पार्दै खेल ३–१ सेटले आफ्नो नाममा लेखायो ।
तेस्रो दिनको खेल सकिदा सम्म आर्मी र पुलिसले एक एक खेल जितेका छन् भने एक–एक खेलमा हारको सामना गरेका छन् ।
