रोनाल्डो र घरीबको गोलमा अल नासर विजयी

पोखरा स्पोर्ट्स ।  साउदी प्रो लिग अन्तर्गत अल नासरले दमाकविरुद्ध जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले दमाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा अब्दुलरहमान घरीब र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यसैगरी दमाकका लागि जमल हर्कासले एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा १६ खेलमा ३७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै दमाकको १६ खेलमा ११ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close