वार्मअप खेलमा अमेरिकासँग नेपाली महिला क्रिकेट टिम पराजित

पोखरा स्पोर्ट्स । नेपाली महिला क्रिकेट टिम वार्मअप खेलमा अमेरिकासँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

अब आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अन्तर्गत आइतबारदेखि शुरु हुदैछ र नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close