पोखरामा यू–१४ तथा यू–१६ क्रिकेट त्रिकोणात्मक सिरिज, कास्की टोलीको घोषणा

पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यू–१४ तथा यू–१६ पुरुष क्रिकेट त्रिकोणात्मक सिरिज–२०८१ पोखरामा हुने भएको छ । प्रतियोगिता पौष २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । सिरिजमा कास्की, काठमाडौं र झापाका टोली सहभागी छन् ।

प्रतियोगितालाई पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर, काठमाडौं तथा सिटी स्पोर्ट्स डेभलपमेन्ट कमिटी, मेची नगरपालिका, झापाले गर्ने भएका छन् ।

यसैबीच, त्रिकोणात्मक सिरिजका लागि कास्की जिल्ला यू–१४ र यू–१६ क्रिकेट टोली सार्वजनिक गरिएको छ ।

सिरिज अन्तर्गत यू–१४ टोलीले भोलि पोखरामा हुने खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । यू १४ टोलीमा इलेश गौतम, सैदुल्ला अन्सारी, क्रिम्सन श्रेष्ठ, दिप जंग कुँवर, कपिल श्रेष्ठ, ओम जंग कार्की, प्रेम दास बनियाँ, आरुष बन्दारी, दीपेश पहारी, रोहन सुर्खेती, श्रीजेत सुवेदी, शिवम श्रेष्ठ, प्रणिश गुरुङ, सुवम गिरी, सबल जंग केसी, आरोश काफ्ले, अर्नभ पौडेल र स्मिथ केसी रहेका छन् ।

यू–१६ टोलीले भोलि दिउँसो पोखरामा पहिलो खेल खेल्नेछ । कास्कीको टोलीमा : सुरज अधिकारी, विशेष तिवारी, आशाद रहमान सिद्दिकी, सौरभ रहमान सिद्दिकी, आयुष भुजेल, हेमन्त चापागाईं, इस्ताक अन्सारी, सफल थापा, श्रीराम प्रजापति, गौरव ढकाल, निश्चल ढुङ्गाना, समिप भण्डारी, आयुष पनेरु र सिद्धार्थ राउत रहेका छन् ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले सबै खेलाडीलाई प्रतियोगिताको सफलताको शुभकामना दिँदै युवा खेलाडीहरूका लागि यो सिरिज महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close