
पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ ।
एन्फाले जितबहादुर पुन र मंगल महर्जन सहायक प्रशिक्षक र गंगाराम देउजा गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ । नियुक्तिपत्र औपचारिक रूपमा एन्फा महासचिव किरण राईले हस्तान्तरण गरेका छन् ।
नेपाली यू-२० तिम्ले मार्च २२ देखि अप्रिल ३, २०२६ सम्म माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप २०२६ मा भाग लिनेछ ।


