एसओएस गण्डकीमा ४२औँ खेलकुद दिवस सुरू

पोखरा स्पोर्ट्स । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२औँ खेलकुद दिवस सुरू भएको छ ।

बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद दिवस शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले उदघाटन गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख आचार्यले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्यमान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान गरेको जनाउँदै खेलकुद विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त सिकाइका लागि महत्व राख्ने बताए । ‘विद्यालयका विविध खेलकुदमा सहभागी हुने क्रममै विद्यार्थीको भविष्यको आधारशिला कोरिन्छ’ आचार्यले भने, ‘खेलमा भविष्य देख्ने विद्यार्थीहरू पछि यही आधारशिलामा टेकेर आफ्नो नाम राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगत्सम्म चम्काउन सफल हुन्छन् ।’

खेलकुद दिवसमा एथलेटिक्सका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका छन् ।

सो अवसरमा एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीले विद्यालयको खेलकुद दिवसमा यस वर्ष विभिन्न खेल समावेश गरिएको र त्यसमा ६ सय १३ विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close