
पोखरा स्पोर्ट्स । सृजनाकप छात्र/छात्रा भलिबलमा २३ टिम भिड्ने टुङ्गो लागेको छ । सृजना विकास केन्द्र पोखरा ८ को आयोजना हुने सातौं संस्करणको प्रतियोगिता भोली (मंगलबार)बाट पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा सञ्चालन हुने छ ।
तीन दिन सम्म नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ ७ टिमको सहभागिता रहेको अध्यक्ष चन्द्र गिरीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा टिमले समान नगद रु १–१ लाख, उपविजेताले ६०-६० हजार तथा तेस्रो हुने टिमले समान नगद रु ३५–३५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गर्नेछन् ।
छैटौं सस्करणको सो प्रतियोगिता छात्र/छात्रातर्फ शान्ता माविले उपाधि जितेको थियो । प्रतियोगिताले युवा खेलाडी उत्पादन हुने लक्ष्य रहेको आयोजक सृजना विकास केन्द्रले जनाएको छ ।

