टेनिसको अम्पायर कोर्ष सम्पन्न

पोखरा स्पोर्ट्स । नेपाल टेनिस संघको आयोजनामा आईटीएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्ष सोमबार सम्पन्न भएको छ ।

तीनदिने कोर्षमा मोफसलबाट २ सहित १२ प्रशिक्षार्थी सहभागी थिए । अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया चौधरी, निसान श्रेष्ठ, निश्चल कायश्थ, प्रकृति श्रेष्ठ, प्रशंसा मोक्तान, पुष्पा गौडेल, रमित मग्राती, रन्जित अछामी, सन्देश बराल र सुनिरा थापा कोर्षमा सहभागी थिए । गौसुबा र पुष्पा कास्कीका हुन् ।

उनीहरुलाई आयोजक टेनिस संघका सचिव समेत रहेका राष्ट्रिय ट्युटर अजय विष्टले प्रतियोगिताका दौरान चेयर र लाइन्स अम्पारको भूमिका बारे प्रशिक्षण दिएका थिए ।

आयोजक टेनिस संघका अध्यक्ष मनोहरदास मुलले सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close