बोर्डको निर्देशनपछि आइपिएल टिम केकेआरबाट मुस्ताफिजुर रिलिज

पोखरा स्पोर्ट्स ।  भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआइ) को निर्देशनपछि कोलकाता नाइट राइडर्स (केकेआर)ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गरेको छ । कोलकोताले बोर्डको निर्देशन अनुसार मुस्ताफिजुरलाई टिमबाट रिलिज गरिएको बताएको छ ।

बिसिसीआईले बंगलादेशका क्रिकेट खेलाडीलाई आइपीएलमा खेल नदिने निर्णय गरेसँगै कोलकोतालाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको थियो । बंगलादेश र भारतबीचको पछिल्लो विवादपछि बिसिसीआईले यस्तो निर्णय लिएको हो ।

बिसिसीआईका सचिव देवजित सैकियाले आइपिएल टिम कोलकाता नाइट राइडर्सलाई बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएका बताएका थिए ।

बोर्डले रहमानको स्थानमा प्रतिस्थापनको लागि अनुरोध गर्न सक्ने र बोर्डले त्यसको अनुमति दिने बताएका छन् ।

बंगलादेशमा हिन्दूहरुमाथि एक पछि अर्को आक्रमण भइरहेपछि भारतमा चर्को विरोध भइरहेको छ । केहि दिनदेखि बंगलादेशी खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गर्दै विरोध हुदै आएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close