एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फको उपाधि न्यू डायमण्डले जित्यो

पोखरा स्पोर्ट्स ।  नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउदै न्यू डाइमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको हो । 

न्यु डाइमण्डले नेपाल पुलिसलाई २५-१८, २५-१९ र २५-१८ को सेटमा हराएको थियो । 

उपाधि जितेसँगै न्यू डायमण्डले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ र ट्रफी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close