माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्सको उपाधि करनले जिते, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

पोखरा स्पोर्ट्स । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगल्सको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुष्मान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले जितेका छन् । फाइनल खेलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उनले सो उपाधी आफ्नों नाम गराएका हुन् । जितसंगै जितेन्द्रले नगद ६० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे भने उपविजेता बनेका सन्तोषले ३० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहका विच पुरस्कार प्रदान गरे । सो अवसरमा उनले पोखराको टेनिसले सबैलाई यहाँ आएर खेल्न प्रेरित गरेको जनाउँदै हरेक वर्ष आफू योे प्रतियोगिताको एक खेलाडीको रुपमा उपस्थित रहिरहेको बेला यति बेला भने फरक प्रसङ्गमा पोखरा आउन परेको जनाए । उनले टेनिस खेलमा प्रचुर सम्भावना रहेको जनाउँदै प्रचार प्रसार गर्न सके पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने उल्लेख गरे ।

आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका विच नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो । आयोजक समितिका प्रथम उपाध्यक्ष नविन चालिसेले सहयोगीहरुलाई अभार प्रकट गरे ।

कार्यक्रममा गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थ, जिल्ला टेनिसका पदाधिकारी एंव सल्लाहकारहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close